काठमाडौं । बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक २.५७ अंकले उकालो लाग्दै २७३६.१७ विन्दुमा पुगेको छ ।
आजको कारोबारमा ९२ लाख ८३ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
कारोबार भएका कम्पनीहरूमध्ये १२७ वटाको सेयर मूल्य वृद्धि भएको छ भने १३४ वटाको घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी १४.९९ प्रतिशतले बढेको छ । यसैगरी, सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावरको मूल्य १४.९८ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १०.३३ प्रतिशतले बढ्दा बुङ्गल हाइड्रोपावर ६.५४ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रो ६.५० प्रतिशत र माबिलुङ इनर्जी ६.०३ प्रतिशतले उकालो लागेका छन् ।
गिरावटतर्फ उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ८.३४ प्रतिशतले घटेको छ भने अपर लोहरे खोला जलविद्युतको मूल्य ६.७५ प्रतिशतले ओरालो लागेको छ ।



































