National life

साताको समिक्षाः नेप्से परिसूचक ३ प्रतिशतले घट्यो, ५ अर्ब २२ करोडको कारोबार 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ असोज २०८१, शनिबार
626Shares
साताको समिक्षाः नेप्से परिसूचक ३ प्रतिशतले घट्यो, ५ अर्ब २२ करोडको कारोबार 
ncell

काठमाडौँ । यस साता नेप्से परिसूचक साढे ३ प्रतिशत घटेर बन्द भएको छ। यस साता ९० अंक घटेर २४९६.७६ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से बढेर बन्द भएको छ भने तीन कारोबार दिन घटेर बन्द भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस साताको आइतबार र बुधवार नेप्से परिसूचक बढेको थियो। साताको पहिलो दिन आइतबार ११.५८ अंकले बजार बढे पनि सोमबार ५९ र मंगलबार ५८.९३ अंक घट्यो। बुधवार फेरि ४९.१८ अंक बढेको बजार बिहीबार ३२.८१ घट्यो। बजार घट्दा कारोबार रकम पनि घटिरहेको छ ।

यस साता सेन्सेटिभ इण्डेक्स २.७१ प्रतिशत घटेको छ। त्यस्तै, यस साता फ्लोट इण्डेक्स ३.२७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९२ प्रतिशत घटेको छ। यो साता सबै सेक्टरका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ८.५ प्रतिशत घट्यो। बजारमा कुल १५ फाइनान्स कम्पनी सूचीकृत छन्। यीमध्ये अधिकांश कम्पनीले यो वर्ष लगानीकर्तालाई लाभांश पनि दिन नसक्ने स्थिति छ । नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ।

गत साता दैनिक औषतमा ७ अर्ब ७९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब २२ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३३ प्रतिशत अर्थात् २ अर्ब ५७ करोड रुपैयाँ घटेको हो।

यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे ३ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४० खर्ब ९७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता १ खर्ब ४३ अर्ब रुपैयाँ घटेर ३९ खर्ब ५४ अर्ब रुपैयाँमा सीमित भएको छ। यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.५८ प्रतिशत घटेको छ। गत साता ३०२४.९० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २५९.६६ अंक घटेर २७६५.२४ विन्दुमा झरेको छ।

अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३५८.४१ अंक घटेको छ। गत साता १२९५०.६२ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता घटेर १२५९२.२१ विन्दुमा झरेको छ। यस साता दुई कम्पनीको ७६ लाख ३६ हजार ४७० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता नागरिक लगानी कोष र ग्रीन डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?