National life

सात महिनामा ५ अर्ब बढीको ल्यापटप र १९ अर्ब बराबरको स्मार्टफोन आयात, कहाँबाट कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ फागुन २०८१, आइतबार
826Shares
सात महिनामा ५ अर्ब बढीको ल्यापटप र १९ अर्ब बराबरको स्मार्टफोन आयात, कहाँबाट कति ?
ncell

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१ /८२ को ७ महिनाको अवधिमा ५ अर्ब रुपैयाँ बराबरको ल्यापटप आयात भएको छ ।भन्सार विभागको तथ्यांक अनुसारको तथ्यांक अनुसार चालु आवको माघसम्म ५ अर्ब १८ करोड ७८ लाख रुपैयाँ बराबरको ल्यापटप र नोट बुक आयात भएको हो ।

विभागका अनुसार ७५ हजार ७३९ वटा ल्यापटप र नोट बुक आयात हुँदा सरकारले ९८ करोड ५१ लाख रुपैयाँ बढी राजस्व उठाएको छ। गत आव २०८०/८१ को सोही अवधिमा ४ अर्ब ४२ करोड रुपैयाँको ल्यापटप र नोट बुक आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
६८ हजार ५३९ वटा ल्यापटप आयात हुँदा ६० करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

https://www.youtube.com/watch?v=GMwl8vyWrnI

विभागको तथ्यांक अनुसार गत वर्षको तुलनामा आयात ७६ करोड ५४ लाख २४ हजार रुपैयाँले बढेको छ । यो वर्ष चीन, मलेसिया, भारत र सिंगापुरजस्ता देशहरूबाट ल्यापटप आयात भएको छ ।

चीनबाट मात्रै ४ अर्ब ९५ करोड रुपैयाँको ल्यापटप आयात भएको छ । यसैगरी, मलेसियाबाट १० करोड र भारतबाट १ करोड ४५ लाख रुपैयाँको आयात भएको विभागलेको तथ्याकमा उल्लेख छ ।

साथै चालु आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा अर्थात् ७ महिनाको अवधिमा करिब १९ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको अनुसार साउनदेखि माघसम्म १८ अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात भएको हो।

विभिन्न देशबाट ७ महिनाको अवधिमा १२ लाख २९ हजार थान स्मार्टफोन आयात हुँदा १८ अर्ब ९८ करोड रुपैयाँ बाहिरिएको छ।  गत आर्थिक वर्षको यसै अवधिमा १७ अर्ब ३८ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो।

ल्यापटप जस्तै सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात भएको छ । चीनबाट ७ महिनामा झण्डै १३ अर्ब रुपैयाँ बराबरको ९ लाख ५३ हजार थान स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

साथै, सोही अवधिमा भारतबाट ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको २ लाख ७२ हजार थान स्मार्टफोन आयात भएको छ । स्मार्टफोन आयातबाट सरकारले सात महिनामा ३ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
826SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?