National life

साना किसान विकास लघुवित्तको खुद नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ कात्तिक २०८०, शुक्रबार
674Shares
साना किसान विकास लघुवित्तको खुद नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ?
ncell

काठमाडाैं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३० करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.४८ प्रतिशत बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड ११ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.८६ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १९.८८ प्रतिशत र सञ्चालन मुनाफा २९.७० प्रतिशत बढेको छ।

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ०.७५ प्रतिशतबाट बढेर ०.८१ प्रतिशत पुगेको छ। लघुवित्तले इम्पेरमेन्ट चार्जबापत १ करोड ९६ लाख रुपैयाँ छुट्याएको छ।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २३ रुपैयाँ ३३ पैसा घटेर ३६ रुपैयाँ १९ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २६८ रुपैयाँ ८० पैसा रहेको छ । मूल्य आम्दानी अनुपात २४.०४ गुणा रहेको छ।

३ अर्ब ३३ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ अर्ब ६२ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ६.७३ प्रतिशत बढेको हो।

असोज मसान्तसम्ममा लघुवित्तले २१ अर्ब २ करोड ८९ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४० अर्ब ५५ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
674SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?