National life

सामसङले ल्यायो चाडबाड अफर, के छन् सुबिधा ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ असोज २०८०, सोमबार
1.3kShares
सामसङले ल्यायो चाडबाड अफर, के छन् सुबिधा ?
ncell

काठमाडौँ । सामसङ नेपालले नेपालीहरूको चाड दसैँलाई लक्षित गरेर ‘रमाइलो दसैँ तिहार, मायाले भरौँ घर परिवार’ नामक अफर घोषणा गरेको छ। यस अफर अन्तरगत सामसङले ४१% सम्मको छुटमा टेलिभिजन सेट र होम अप्लायन्सहरू उपलब्ध गराउने जनाएको छ ।

यो अफरले सामसङको टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनको आकर्षक रेन्जलाई समावेश गरिएको छ । जसमा आकर्षक क्यासब्याक अफरका साथ नयाँ लन्चहरू पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सामसङ १७ वर्षदेखि ग्लोबल नम्बर १ टिभी ब्रान्ड रहेको कम्पनीले जनाएको छ । ग्राहकहरुले कुनै पनि सामसङको नयाँ टिभी खरिद गर्दा त्यसमा ३ वर्षको वारेन्टी पनि पाउन सक्छन् ।

होम थियेटर एक्सपिरिएन्स अफरको साथ ग्राहकहरूले सामसङको कुनै पनि नयाँ टिभीसँग टि४००, बि४५०, ए४५०, ति४२० र एमएक्स–ति५० लगायत जुन पनि साउण्डबारको खरिद गर्दा बन्डल छुट पाउन सक्ने छन्। ग्राहकहरूले दशैं–तिहारको मौकामा सामसङको नवीनतम टिभी नियो क्युएलईडी टिभी खरिद गर्दा रु.४१,६९० को बि४५० साउण्डबार सित्तैमा पाउने छन्।

यस्तै कम्पनीले रेफ्रजेरेटरमा पनि आकर्षक क्यासव्याक अफरका उपलब्ध गराएको बनाएको छ । कम्पनीले फ्रिजको डीआइटि कम्प्रेसर र वाशिङ मेसिनको डीआइटि मोटरमा २० वर्षको वारेन्टी प्रदान गरेको जनाएको छ।

सामसङले आफ्नो यो अफर सबै ग्राहकको लागि सरल बनाउनको लागि झन्झट रहित ०% ब्याज भएको ईएमआइ तथा फ्री इन्सटलेसन जस्ता सुविधा पनि प्रदान गरेको छ। मङ्सिर ४ सम्म रहेको यो अफर नेपालमा सामसङका आधिकारिक वितरक हिम इलेकट्रोनिक्स र त्रिवेणी व्यापारले उपलब्ध गराएको जनाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?