National life

साल्ट ट्रेडिङको खुद नाफामा वृद्धि ,आम्दानी र मुनाफाको अवस्था कस्तो छ ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ फागुन २०८०, शुक्रबार
813Shares
साल्ट ट्रेडिङको खुद नाफामा वृद्धि ,आम्दानी र मुनाफाको अवस्था कस्तो छ ? 
ncell

काठमाण्डौ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आवको दोस्रो त्रैमासको बित्तीय विवरण सार्वजनिक गरेको छ ।

जस अनुसार कर्पोरेशन लिमिटेडले दोस्रो त्रैमासमा ३ करोड ५८ लाख १६ हजार ८२७ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ९०.१५ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ८८ लाख रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको थियो । त्यसैगरी कम्पनीको बिक्री आम्दानी पनि ९३.८६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिक्रीबाट मात्रै ६ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको तथ्याकंमा उल्लेख छ।

कम्पनीले कर्मचारीतर्फ १७ करोड ५० लाख र प्रशासनिक तर्फ १० करोड ३८ लाख रुपैयाँ खर्च गरेको छ। कम्पनीको जगेडा कोषको आकार १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै ६ अर्ब ८७ करोड रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व ७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ७.४३ रुपैयाँ रहेको कम्पनीको खुद नाफा प्रतिसेयर बढेर १२.८४ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
813SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?