National life

१० महिनामा विकास बैंकले कमायो ३ अर्ब १७ करोड नाफा, ५ वटा बैंक घाटामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० जेठ २०८१, बुधबार
1.4kShares
१० महिनामा विकास बैंकले कमायो ३ अर्ब १७ करोड नाफा, ५ वटा बैंक घाटामा
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा हाल सञ्चालनमा रहेका विकास बैंकहरुले ३ अर्ब १७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार १२ वटा विकास बैंकले उक्त रकम खुद नाफा आर्जन गरेका हुन्। यस अवधिमा पाँच वटा विकास बैंकले भने घाटा व्यहोरेका छन् ।

वैशाख मसान्तसम्मको अवधिमा सर्वाधिक नाफा कमाउने बैंकहरुमा मुक्तिनाथ विकास बैंक रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकले चालु आवको वैशाख मसान्तसम्म करिब ९९ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यसै, गरिमा विकास बैंकले ७५ करोड ७४ लाख नाफा कमाएको छ । त्यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५८ करोड ३७ लाख, महालक्ष्मी विकास बैंकले ४६ करोड १७ लाख, कामना सेवाले ४० करोड ४२ लाख र लुम्बिनी विकास बैंकले ३४ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म सांग्रिला डेभलपमेन्टले २७ करोड ९० लाख, ज्योति किास बैंकले २३ करोड ८ लाख, मितेरी डेभलपमेन्टले ६ करोड ५५ लाख, ग्रिन डेभलपमेन्टले एक करोड ६७ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले एक रोड ३५ लाख रुपैयाँ नाफा कमाएका छन् ।

राष्ट्र बैंकका अनुसार घाटा व्यहोर्ने बैंकहरुमा एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशि डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र साल्पा विकास बैंक रहेका छन् ।

यस अवधिमा एक्सेल डेभलपमेन्ट बैंकले २७ करोड एक लाख रुपैयाँ घाटा व्यहोरेको छ भने सप्तकोशी डेभलपमेन्टले ७ करोड २६ लाख, सिन्धु विकास बैंकले ती करोड २५ लाख र नारायणी डेभलपमेन्ट बैंकले ६५ लाख रुपैयाँ घाटा व्यहोरेको बैंकको तथ्याकंमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?