National life

विकास बैंकको नाफामा १६.०२% को वृद्धि: गरिमा अग्रस्थानमा, अन्यको कति? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ माघ २०८१, सोमबार
790Shares
विकास बैंकको नाफामा १६.०२% को वृद्धि: गरिमा अग्रस्थानमा, अन्यको कति? 
ncell

काठमाडौँ। विकास बैंकहले सोमबार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । जस अनुसार विकास बैंकको नाफा १६.०२ प्रतिशतले बढेको छ।

हाल सञ्चालनमा रहेका ८ विकास बैंकले २ अर्ब ५८ करोड ७६ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोहि अवधिमा यी आठ विकास बैंकहरुले २ अर्ब २३ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।

चालु आर्थिक वर्षको ६ महिनामा सर्वाधिक नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ। बैंकले यस अवधिमा नाफा ७.१६ प्रतिशतले बढाएर ५४ करोड ९२ लाख रुपैयाँ पुराएको छ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकको नाफा ५० करोड ३१ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा २७.०९ प्रतिशतले बढी हो। नाफा आर्जनको हिसाबले मुक्तिनाथ विकास बैंक दोस्रो स्थानमा रहेका छन् ।

सर्वाधिक नाफा वृद्धि गर्नेमा ज्योति विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंक रहेको छ । यस अवधिमा ज्योतिले आफ्नो नाफा १४७ प्रतिशतले बढाएर २५ करोड १ लाख पुराएको छ भने सांग्रिलाले ९६ प्रतिशतले बढाएर १९ करोड ६५ लाख रुपैयाँ पुराएको हो ।

यस अवधिमा शाइन रेसुङ्गा र लुम्बिनी विकास बैंकको नाफा घटेको छ । लुम्बिनी विकास बैंकको मुनाफा ३० प्रतिशतले घटाउँदै १४ करोड रुपैयाँमा सीमित भएको छ । भने अन्य बैंकको बढेको छ ।

कामना सेवा विकास बैंकको ३२ करोड, महालक्ष्मी विकास बैंकको २८ करोड रुपैयाँ नाफा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
790SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?