काठमाडौं । चालु आवको कात्तिक मसान्तसम्मको आठ विकास बैंकले २ अर्ब ३ करोड ११ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ३१.४३ प्रतिशत बढी हो । गत आवको सो अवधिमा बैंकहरुले १ अर्ब ५४ करोड ५४ लाख बढी नाफा कमाएका थिए ।
नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दाे चार महिनाको अवधीमा मुक्तिनाथ विकास बैंकले धेरै नाफा कमाएको छ । समीक्षा अवधिमा बैंकले ४२ करोड २४ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको भन्दा ३३.६८ प्रतिशत बढी हो । गत आवको पहिलो चार महिनामा मुक्तिनाथले ३१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।
दोस्रो बढी नाफा कमाउने विकास बैंकको सुचीमा गरिमा विकास बैंक रहेको छ । बैंकले चार महिनामा ३६ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा भने ५३.६ प्रतिशत बढी हो । यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ३५ करोड ४३ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकले पनि चार महिनामा २९ करोड ३७ लाख रुपैयाँ नाफा कमाएका छन् । यस्तै कामना सेवाले २४ करोड ७१ लाख, महालक्ष्मी विकासले २० करोड १६ लाख र सांग्रिला डेभलपमेन्ट बैंकले १३ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ ।
समिक्षा अवधिमा ज्योति विकास बैंकको नाफा भने ९४.०७ प्रतिशत घटेर ६६ लाख रुपैयाँमा समित भएको छ । गत आवको सोही अवधीमा बैंकले ११ करोड २० लाख बढी नाफा कमाएका थियो ।


































