National life

लाभांश घोषणाको दौडमा विकास बैंक : हालसम्म १३ बैंकद्वारा प्रतिफल घोषणा, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०२ माघ २०८२, शुक्रबार
1.2kShares
लाभांश घोषणाको दौडमा विकास बैंक : हालसम्म १३ बैंकद्वारा प्रतिफल घोषणा, कुनको कति ?
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत १५ विकास बैंकमध्ये हालसम्म १३ वटा बैंकले आफ्ना शेयरधनीका लागि लाभांश घोषणा गरिसकेका छन्। बाँकी दुई बैंकले भने अहिलेसम्म लाभांशको प्रतिशत सार्वजनिक गरेका छैनन्। यस वर्ष विकास बैंकहरूमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा उच्च प्रतिफल घोषणा गर्दै अग्रस्थान हासिल गरेको छ।

गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सूचिकृत कम्पनीहरूले लाभांश घोषणा गर्ने क्रम पछिल्ला दिनमा तीव्र बन्दै गएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेप्सेमा सूचिकृत एक सयभन्दा बढी कम्पनीले हालसम्म शेयरधनीलाई प्रतिफल दिने निर्णय गरिसकेका छन्। यसमा वाणिज्य बैंक, विकास बैंक, बीमा, फाइनान्स, माइक्रोफाइनान्स, हाइड्रोपावर, होटल तथा पर्यटन, उत्पादनमूलक तथा अन्य विविध क्षेत्रका कम्पनी समावेश छन्।

विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंकले गत आवको नाफाबाट करिब १८ प्रतिशत लाभांश प्रस्ताव गर्दै सबैभन्दा अगाडि देखिएको छ। त्यसपछि कामना सेवा विकास बैंकले करिब १५ प्रतिशत लाभांश घोषणा गरी दोस्रो स्थानमा रहेको छ।त्यसैगरी, साइन रेसुङ्गा विकास बैंकले करिब १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने साग्रिला विकास बैंक र महालक्ष्मी विकास बैंकले करिब १० प्रतिशतका दरले लाभांश घोषणा गरेका छन्।

तर, नेप्सेमा सूचिकृत सबै विकास बैंकहरूको अवस्था भने उत्साहजनक छैन। केही बैंकले लामो समयदेखि आफ्ना शेयरधनीलाई कुनै पनि प्रतिफल दिन सकेका छैनन्। नारायणी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म लाभांश वितरण गरेको छैन। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७६/७७ यता कुनै पनि प्रतिफल दिन सकेको छैन। यससँगै, सिन्धु विकास बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकले पनि लगातार तीन आर्थिक वर्षदेखि लाभांश घोषणा नगरेको नेप्से तथ्यांकले देखाउँछ।

बैंकिङ प्रणालीमा समग्र तरलता अवस्था सहज रहे पनि कर्जा विस्तार अपेक्षाअनुसार हुन नसक्दा र नाफामा दबाब परेकाले केही विकास बैंक लाभांश घोषणा गर्न हच्किएको जानकारहरूको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?