National life
cg eloctronics

विकास बैंकहरूको नाफामा ११३% को उछाल, कसले कति कमाए ?

विकास बैंकहरूको कमाइमा उत्साहजनक सुधार, पाँचको नाफा बढ्दा तीनको घट्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२६ दिन अगाडि|१५ कात्तिक २०८३, आइतबार
1.4kShares
विकास बैंकहरूको नाफामा ११३% को उछाल, कसले कति कमाए ?
muktinatha bikash bank

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आठ राष्ट्रियस्तरका विकास बैंकको संयुक्त खुद नाफा ११३ प्रतिशतभन्दा बढीले बढेको छ। विशेषगरी लुम्बिनी विकास बैंक घाटाबाट नाफामा फर्किनु र ज्योति विकास बैंकले उच्च नाफा वृद्धि गर्नुले समग्र नतिजालाई सकारात्मक बनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

चालु आर्थिक वर्षको असोज मसान्तसम्म आठ विकास बैंकले कुल १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकले ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ मात्रै नाफा कमाएका थिए। यसअनुसार बैंकहरूको संयुक्त नाफा ११३.२३ प्रतिशतले बढेको हो।

everest bank

एक वर्षको अवधिमा आठ विकास बैंकको नाफामा ८८ करोड ७१ लाख २७ हजार रुपैयाँ थपिएको छ। बैंकगत अवस्था हेर्दा पाँच बैंकको नाफा बढेको छ भने तीन बैंकको घटेको छ।

नाफाको आकारका आधारमा लुम्बिनी विकास बैंक पहिलो स्थानमा रहेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ८५ लाख ७७ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको बैंक चालु आर्थिक वर्षको सोही अवधिमा नाफामा फर्किएको हो।

बैंकले समीक्षा अवधिमा ३२ करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यससँगै बैंकको वित्तीय नतिजामा एक वर्षमै ६७ करोड ५७ लाख ३१ हजार रुपैयाँको सुधार आएको छ।

आठ विकास बैंकको संयुक्त नाफामा भएको वृद्धिमा लुम्बिनी विकास बैंकको पुनरागमनले महत्वपूर्ण योगदान गरेको छ। समग्र नाफामा थपिएको रकमको करिब ७६ प्रतिशत हिस्सा यही बैंकको घाटाबाट नाफामा भएको सुधारले ओगटेको छ।

नाफाको आकारका आधारमा मुक्तिनाथ विकास बैंक दोस्रो स्थानमा रहेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा ४३.४४ प्रतिशतले बढेको हो।

त्यस्तै, गरिमा विकास बैंक २४ करोड १ लाख २४ हजार रुपैयाँ खुद नाफासहित तेस्रो स्थानमा रहेको छ। तर गत वर्षको पहिलो त्रैमासमा २५ करोड ५ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा यसपटक ४.१७ प्रतिशतले घटेको छ।

कामना सेवा विकास बैंकले २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा १६.९९ प्रतिशतले बढेको हो। नाफाको आकारका आधारमा बैंक चौथो स्थानमा रहेको छ।

अघिल्लो वर्ष पनि नाफामा रहेका विकास बैंकमध्ये ज्योति विकास बैंकले सबैभन्दा उच्च वृद्धिदर हासिल गरेको छ। बैंकको खुद नाफा १८४.५९ प्रतिशतले बढेर २० करोड १ लाख ६१ हजार रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकले ७ करोड ३ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको थियो।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा भने सामान्य घटेको छ। गत वर्षको पहिलो त्रैमासमा २० करोड ३० लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले यसपटक १९ करोड ७६ लाख ३५ हजार रुपैयाँ मात्रै कमाएको छ। यसअनुसार बैंकको नाफा २.६६ प्रतिशतले घटेको हो।

महालक्ष्मी विकास बैंकले पनि नाफामा सुधार गरेको छ। बैंकको खुद नाफा २१.४९ प्रतिशतले बढेर ११ करोड ८४ लाख ६७ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकले ९ करोड ७५ लाख १२ हजार रुपैयाँ नाफा कमाएको थियो।

यता सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा भने सबैभन्दा ठूलो गिरावट आएको छ। गत वर्षको पहिलो त्रैमासमा ८ करोड ८२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकको नाफा चालु आर्थिक वर्षको सोही अवधिमा ६२.०७ प्रतिशतले घटेर ३ करोड ३४ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ।

समग्रमा राष्ट्रियस्तरका आठ विकास बैंकको पहिलो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?