National life

साल्ट ट्रेडिङ कर्पोरेसनको खुद नाफा ५८.०५ प्रतिशतले बढ्यो, ८ अर्ब ७८ करोड आम्दानी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०३ भदौ २०८०, आइतबार
616Shares
साल्ट ट्रेडिङ कर्पोरेसनको खुद नाफा ५८.०५ प्रतिशतले बढ्यो, ८ अर्ब ७८ करोड आम्दानी
ncell

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०७९/८०को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले समीक्षा अवधिमा ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८.०५ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले सामान बिक्रीबाट ८ अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको भन्दा २२.४८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले आम्दानी ७ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको थियो।

यस अवधिमा कम्पनीको रिजर्भको आकार ४।७६ प्रतिशतले बढेर १ अर्ब ३६ करोड रुपैयाँ हुन पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ३० करोड रुपैयाँ थियो।

चुक्तापुँजी २७ करोड ८८ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी २८.२६ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ईपीएस १९.६७ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ४१९।६ रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?