National life

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९०औं शाखा इमाडोलमा सञ्चालन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ मंसिर २०८०, मङ्गलबार
609Shares
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९०औं शाखा इमाडोलमा सञ्चालन
ncell

काठमाडौँ । विगत डेढ दशक देखी अनवरत रूपले सुरक्षित बैंकिङ्ग सेवा पु¥याँउदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९०औं शाखा  काठमाडौँ इमाडोलमा सञ्चालनमा ल्याएको छ ।

यस नयाँ शाखा सहित  काठमाडौँ उपत्यका भित्र  सिटिजन्स बैंकको ३८ वटा शाखाहरू र वाग्मती प्रदेशमा ५२ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।

नयाँ शाखा सञ्चालनको अवसरमा यस शाखामा खाता खोल्दा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरूको पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ । साथै लक्कर सुविधा लिँदा लक्कर अनिवार्य मौज्दातमा २५५ र लक्कर शुल्कमा ५०५ छुट उपलब्ध रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो सुविधाहरू हालसालै खुलेको टेकु शाखामा समेत उपलब्ध रहेको बैंकको जानकारी छ । इमाडोलमा आयोजित एक कार्यक्रमको बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जङ्ग पाण्डेज्यूले नयाँ शाखाको शुभारम्भ गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले  प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झौता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्‍याउने दृढता व्यक्त गरेका छन् । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो ।

उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू,उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो ।

सुविधा सम्पन्न यस शाखा मार्फत लक्कर सेवा, ए.टि.एम.सेवा लगायत ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरू माझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
609SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?