काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्स बीच बैंकको आन्तरिक लेखा परीक्षण गर्ने विषयक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बैंकको नारायणहिटी पथ स्थित प्रधान कार्यालयमा आज आयोजित एक समारोहका बिच सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेल र चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट अधिकार प्राप्त साझेदार मनमोहन राज काफ्लेले हस्ताक्षर गरेका थिए ।
सम्झौता पश्चात् सिटिजन्स बैंकको आन्तरिक लेखा परीक्षण सम्बन्धी सम्पूर्ण कार्य प्रचलित लेखामान, प्रचलित कानुन तथा स्वीकृत लेखा परीक्षण मापदण्ड भित्र रही जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सले संपादन गर्ने भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम.
र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८२ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।


































