National life

सिटिजन लाइफ वीमेन्स फोरमद्वारा आयोजित लैङ्गिक हिंसा सम्बन्धी कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ मंसिर २०८१, सोमबार
628Shares
सिटिजन लाइफ वीमेन्स फोरमद्वारा आयोजित लैङ्गिक हिंसा सम्बन्धी कार्यक्रम सम्पन्न
ncell

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिक उत्सवको अवसरमा, ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरू माथि छलफल गर्ने र समस्याहरू देखिएमा समाधान प्रदान गर्न आवश्यक भूमिका खेल्ने उद्देश्यले गठन गरिएको यस फोरमले पहिलो कार्यक्रम सम्पन्न गरेको छ ।

अहिले विश्वव्यापी रूपमा चलिरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै मिति २०८१-०८-१४, शुक्रवारको दिन कम्पनीको प्रधान कार्यालयमा “हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको ऐक्यबद्धता” को विषयमा कार्यक्रम सम्पन्न गरेको थियो । सो कार्यक्रमको मुख्य श्रोत व्यक्तिको रूपमा राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्यालको उपस्थिति रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अर्यालले लैङ्गिक हिंसाको प्रकार,कार्यस्थलमा हुने लैङ्गिक हिंसा, र व्यावसायिक संस्थाहरूले अपनाउनु पर्ने कानुनी व्यवस्थाबारे विस्तृत रूपमा प्रशिक्षित गरेकी छन् । उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाइन मार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई लैङ्गिक हिंसा विरुद्ध ऐक्यबद्धता भएर काम गर्न अर्यालले प्रोत्साहन गरेका छन् । उक्त कार्यक्रममा  अर्यालले, लैङ्गिक हिंसा महिलाहरू माथि मात्र नभई पुरुषहरूमाथि पनि हुने भएको र यसबारे कसरी बच्ने र भएको खण्डमा कसरी कानुनी रूपमा अघि बढ्ने भन्ने बारेमा पनि जानकारी दिएका छन् ।

फोरमको संयोजक रिता पाठकले आचारसंहिता तयार गरी महिलाहरूको भूमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउदैं लैङ्गिक हिंसाको पीडितलाई आवाज उठाउन अनुरोध गरेका छन् । फोरमले आउने समयहरूमा यस्तै शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने र संस्थागत सामाजिक उत्तरदायित्वको अनुरूप विभिन्न कार्यहरू गर्ने भविष्यको सोच रहेको बताए । कार्यक्रमको अन्तिम चरणमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दीप बहादुर वि.सी.ले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्राथमिकता रहेको जनांउदैं कार्यक्रम समापन भएको घोषणा गरेका हुन् ।

यस वीमेन्स फोरमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई सशक्तीकरण गर्नुका साथै महिला लगायत सबैको लागी उत्कृष्ट कार्यस्थल र वातावरण बनाउन समन्वय गर्ने र सो को सहजताको लागी विभिन्न कार्यक्रमहरू सञ्चालन गरी मद्दत गर्ने र कार्यालयमा लैङ्गिक समानता कायम राख्न समन्वय गर्नु रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
628SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?