National life

सिबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा पदबाट राजीनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ पुस २०८०, बिहिबार
868Shares
सिबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा पदबाट राजीनामा
ncell

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले राजीनामा दिएका छन् ।

उनले दिएको राजीनामा गत पुस २५ गते सम्पन्न सिबिफिन कार्यसमितिको १५औँ बैठकले स्वीकृत गरेको हो । एनएमबि बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्व जानकारी दिँदै उनले संस्थाको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

निवर्तमान अध्यक्ष गोल्यानको राजीनामासँगै रिक्त हुन आएको अध्यक्ष पदमा परिसंघको वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले नबिल बैंकका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य उपेन्द्र पौडेललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अध्यक्षमा सर्वसम्मत भएका पौडेल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन् । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पश्चात्  उनी नबिल बैंकको सञ्चालक हुँदै हाल अध्यक्षको जिम्मेवारीमा छन्  ।

नवनियुक्त अध्यक्षबाट बैैंकिङसहित राष्ट्रिय एवं अन्तरराष्ट्रिय स्तरका विविध क्षेत्रमा हासिल गरेको बृहत्तर ज्ञान, अनुभव तथा दूरदर्शी नेतृत्व क्षमताबाट नयाँ उचाइ प्राप्त गर्नुका साथै आर्थिक एवं बैंकिङ क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरूको न्यूनीकरण र समग्र अर्थतन्त्रको सबलीकरणमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरेको सिबिफिनले बताएको छ ।

यो समाचार शेयर गर्नुहोस्
868SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?