National life

सिबिफिनको टिप्पणीः यथास्थितिको मौद्रिक नीतिले आर्थिक क्रियाकलाप बढ्न सक्दैन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ मंसिर २०८१, शुक्रबार
846Shares
सिबिफिनको टिप्पणीः यथास्थितिको मौद्रिक नीतिले आर्थिक क्रियाकलाप बढ्न सक्दैन
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा विगतको व्यवस्थालाई नै कायम राखेपछि बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले असन्तुष्टि जनाएको छ।

मौद्रिक नीतिको यथास्थितिको मौद्रिक नीतिले आर्थिक क्रियाकलापलाई गति दिन नसक्ने सिबिफिन जनाएको छ । “बैंक तथा वित्तीय संस्थाहरूको खराब र निष्क्रिय कर्जा एवं गैरबैंकिङ सम्पत्तिमा निरन्तर रूपमा वृद्धि भइरहेको, अपेक्षाकृत कर्जा लगानी हुन नसकेको, आर्थिक एवं बैंकिङ गतिविधिहरूले समेत गति लिन नसकिरहेको, आन्तरिक मागमा कमी आइरहेको, सरकारले पुँजीगत खर्च गर्न नसकिरहेको र निजी क्षेत्रको मनोबलसमेत खस्किरहेको वर्तमान परिस्थितिबिच जारी भएको समीक्षाले पछिल्लो समयमा विकसित विविध घटनाक्रमहरूलाई नीतिगत सम्बोधन गर्नुपर्ने अवस्थामा विगतको कार्यदिशालाई मात्र निरन्तरता दिइनुले मौद्रिक नीतिले लिएका लक्ष्यहरूको प्राप्ति र आर्थिक क्रियाकलापहरूले आशातीत रूपमा गति नलिने हो कि भन्ने चासो बढाएको छ”, परिसङ्घले प्रेस विज्ञप्तिमार्फत भनेको छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले ‘पर्ख र हेर’को रणनीति अवलम्बन गरेको पनि परिसङ्घले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मौद्रिक नीतिको समीक्षामार्फत समयानुकूल थप नीतिगत सहजता हुनुपर्ने आवश्यकता रहेकामा त्यस्तो हुन नसकेको सिबिफिनले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
846SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?