National life

सिमेन्ट निर्यातमा निराशा चुलियो: एक वर्षमा करिब ४२ करोड रुपैयाँले निर्यात घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ फागुन २०८१, सोमबार
727Shares
सिमेन्ट निर्यातमा निराशा चुलियो: एक वर्षमा करिब ४२ करोड रुपैयाँले निर्यात घट्यो
ncell

काठमाडौँ । सिमेन्ट निर्यातमा देखिएको आशा दुई वर्ष नसकिँदै निराशामा परिणत भएको छ ।  लामो समयसम्म भारत सरकारको अवरोधका कारण चालु आर्थिक वर्षको पहिलो सात महिना (साउनदेखि माघसम्म) सिमेन्ट निर्यातमा २०.३७ प्रतिशतले गिरावट आएको छ ।

सात महिनाको अवधिमा नेपालबाट एक अर्ब ६४ करोड १० लाख रुपैयाँ बराबरको १२ लाख ५३ हजार टन सिमेन्ट तथा क्लिंकर भारत निर्यात भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत वर्षको सोही अवधिमा दुई अर्ब ६ करोड दुई करोड रुपैयाँ बराबरको २१ लाख ४७ हजार टन सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो । गत वर्षको तुलनामा यस वर्ष निर्यात करिब ४२ करोड रुपैयाँले घटेको छ।

भारत सरकारले ब्युरो अफ इन्डियन स्टान्डर्ड ९बीआइएस० प्रमाणपत्र जारी तथा नवीकरण गर्न ढिलाइ गरेपछि सिमेन्ट निर्यात घट्दै गएको हो। ठूला निर्यातकर्ता अर्घाखाँची सिमेन्ट लगायत उद्योगको बीआइएस प्रमाणपत्र महिनौँदेखि नवीकरण हुन सकेको छैन ।

यस वर्ष सात महिनाको अवधिमा ५५ करोड १५ लाख रुपैयाँ बराबरको चार लाख ६४ हजार ७७७ टन क्लिंकर निर्यात भएको छ भने एक अर्ब नौ करोड रुपैयाँ बराबरको ६ लाख ८८ हजार ६३२ टन तयार सिमेन्ट निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?