काठमाडौँ - गृह मन्त्रालयले सुन तस्करी जाँचबुझ गर्न नयाँ समिति गठन गरेको छ । यस अगाडिको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा कमजोरी देखिएपछि अर्को समिति गठन गरेको हो ।
६० किलो सुन तस्करी र भेप मार्फत भएको सुन तस्करीको अनुसन्धानमा कमजोरी देखिएपछि गृह मन्त्रालयले कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।
समितिमा नेपाल प्रहरीका डीआईजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयका उपसचिव रामबहादुर शाही सदस्य छन् । मन्त्रालयले सुन तस्करी प्रकरणको अनुसन्धानमा गम्भीर लापरबाही गरेको आरोपमा कारबाही सिफारिस भएका प्रहरीलाई कारबाही गर्न अर्को समिति बनाएको बुझिएको छ ।
यसअघि सरकारले गत असोजमा डिल्लीराज आचार्यको अध्यक्षतामा ४ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले चैत १गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाएका थियो ।

































