काठमाडौं । सुमेरु सेक्युरिटीजसँगको सहकार्यमा इन्टरनेसनल एकेडेमी फर फाइनान्सियल स्टडिजले व्यापार बजार सम्बन्धि निःशुल्क मास्टर क्लास कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ ।
बजार विशेषज्ञतामा बृद्धि गराउने र वित्तीय बजारको प्रणालीमा सफलतापूर्वक नेभिगेट गर्नका लागि आवश्यक ज्ञान प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम संचालन गर्न लागिएको हो संस्थाको जानकारी छ।
कार्यक्रम माघ २६ गते सुमेरु सेक्युरिटीजको कार्यलयमा हुने भएको छ। कार्यक्रम दिनको २ बजे देखि सुरू हुने छ।
यो मास्टर क्लासले शेयर बजारमा गहिरो अध्ययन गर्न र शेयर कारेबारमा अपनाउनुपर्ने स्ट्राटेजि सिकाउँने विश्वास राखिएको छ। यस कार्यक्रमले बजार मुभमेन्ट, र बजारको चुनौतिहरुको बारेमा जानकारी दिने छ।































