काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०र०८१ को १६औँ वार्षिक प्रतिवेदन पेस गरेको छ।
आज बालुवाटारमा आयोग प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले वार्षिक प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका हुन्। प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्मा प्रस्तुत गरिने व्यवस्था रहेको छ ।
उक्त प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ओलीले सूचनाको हकलाई वास्तविक हकका रूपमा स्थापित गर्दै सरोकार भएका पक्षलाई आवश्यक सूचना दिने काममा सरकार र आयोगबिच सहकार्य हुनुपर्ने उल्लेख गरेको प्रधानमन्त्री सचिवालयको भनाई छ ।
प्रमुख आयुक्त गुरुङले आफूहरूको पाँच वर्षको कार्यकालमा पाँच हजार एक सय ८२ पुनरावेदन प्राप्त भएकामा ९५ प्रतिशत फर्स्यौट गरिएको समेत प्रधानमन्त्री समक्ष जानकारी गराएका छन् । सोही अवसरमा आयोगको वर्तमान नेतृत्वको पाँच वर्षे कार्यकालमा निर्णय भएका ‘महत्त्वपूर्ण आदेश सङ्ग्रह’ समेत सार्वजनिक भएको छ।


































