National life

सूर्यज्योतिको लाइफको बोनसदर सार्वजनिक, बीमितले ९० रुपैयाँसम्म बोनस पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ मंसिर २०८१, बुधबार
1.3kShares
सूर्यज्योतिको लाइफको बोनसदर सार्वजनिक, बीमितले ९० रुपैयाँसम्म बोनस पाउने
ncell

काठमाडौँ। आर्थिक वर्ष ०८०।०८१ को बिमाङ्किय मूल्यांकन प्रतिवेदनको आधारमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ।

नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेको बिमाङ्किय मूल्यांकन प्रतिवेदन आधारमा कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो । स्वीकृत बिमाङ्किय मूल्यांकन कम्पनीले सावधिक जीवन बीमा योजनाहरूमा न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, सावधिक तथा आजीवन जीवन बीमा योजनाहरूमा न्यूनतम ४०  देखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी जीवन बीमा योजनाहरूमा न्यूनतम ४२ देखि ६० रुपैयाँ र चौरासी पूजा जीवन बीमा योजनाहरूमा न्यूनतम ४५ देखि ९० रुपैयाँसम्म बोनश दिने कम्पनीले जनाएको छ ।

सूर्य ज्योति लाइफ बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी उत्कृष्ट सेवा दिदै छोटो समयमै उल्लेखनीय उपलब्धिहरु हासिल गरिसकेको छ । साथै नेपाल बीमा प्राधिकरणबाट Risk Based Capital निर्देशिकालाई पालना गर्दै सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी RBC Valuation  स्वीकृत गर्ने पहिलो जीवन बीमा कम्पनी बन्न सफल भएको छ ।

कम्पनीले जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरू विरुद्ध ५० लाख रुपैयाँ सम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एक मात्र पहिलो कम्पनी बनेको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?