National life

सूर्यज्योति लाइफको सुबिधायुक्त डाईनामिक क्युआर सेवा संचालनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
727Shares
सूर्यज्योति लाइफको सुबिधायुक्त डाईनामिक क्युआर सेवा संचालनमा
ncell

काठमाडौं । सूर्यज्योति लाइफले आफ्ना प्रबिधिमैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डाईनामिक क्युआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ।

डाईनामिक क्युआर पेमेन्ट सिस्टम को उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन उक्त भुक्तानीको Notification र अन्य विवरण मोबाईल एप मार्फत हेर्न मिल्ने व्यवस्था रहेको छ।

Dynamic QR Payment System मा विभिन्न बैंकको नियमानुसार अधिकतम रु. ३ लाख सम्मको भुक्तानी गर्न मिल्ने सुबिधा रहेको र Fone Pay को माध्यम प्रयोग गर्ने कुनै पनि बैंक, सहकारी वा Connect IPS APP लगायत अन्य Digital माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री भन्नुहुन्छ “अरु क्षेत्रमा Dynamic QR पहिलेदेखि नै प्रचलनमा भए पनि जीवन बीमाक्षेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकका लागि फरकफरक QR बन्ने र भुक्तानी गर्नासाथ आफैँ सिस्टममा अपडेट हुने यसको विशेषता हो ।

यस Dynamic QR Payment System को मद्दतले सेवाग्राहीहरुले घरमै बसी आफ्नो मोबाईल अथवा सूर्यज्योति लाइफको वेबसाईट मार्फत् आफ्नो विवरण भरि Dynamic QR प्राप्त गर्ने र सो Dynamic QR Scan गरि छिटो छरितो रुपले बीमाशुल्क भुक्तानी गर्न सक्नुका साथै भुक्तानीको विवरण सेवाग्राहीहरुले तुरुन्तै SMS मार्फत प्राप्त गर्न सक्नुहुनेछ।”

यो सुविधा लिन हाम्रा बिमितहरुले देश भरि रहेका १७८ शाखा कार्यालयहरु वा आफैले घरमै बसेर सूर्यज्योति लाइफको वेवसाइटमा गई Services option वा https://services.suryajyotilife.com/ मा आफ्नो बीमालेख र पोलिसी नम्बर राखी सजिलै लिन सक्नुहुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?