National life

सूर्यज्योति लाइफमा रोजगारीको अवसर ,न्युनतम योग्यता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ असार २०८१, मङ्गलबार
762Shares
सूर्यज्योति लाइफमा रोजगारीको अवसर ,न्युनतम योग्यता कति ?
ncell

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्ट पदका लागि दरखास्त आह्वान गरेको हो ।

कम्पनीले डुम्रे,हटिया,इलाम,नारायणगढ र रसुवा शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको छ । यो पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक उत्तिण गरेको हुनुपर्ने र बीमा, बैंक तथा वित्त क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आवेदकको उमेर २१ देखि ४० वर्षको हुनुपर्नेछ । यो पदका लागि बिक्री तथा बजारीकरण क्षमता,नेतृत्व क्षमता र जीवन बीमा सम्बन्धी प्रडक्टहरुका बारेमा ज्ञान हुनुपर्नेछ ।

यस्तै,कम्पनीले बराहथवा,भोटेचौर,बुर्तिवाङ,दिक्तेल,डुम्रे,जोमसोम र रसुवा शाखा कार्यालयका लागि टे«नी असिस्टेन्ट माग गरेको छ । यो पदका लागि कम्तिमा १२ कक्षा पास गरेको हुनुपर्ने तर स्नातम गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । आवेदकको उमेर १८ देखि ३५ वर्षको हुनुपर्नेछ । दुवै पदका लागि आवेदन दिने अन्तिम मिति असार ३१ गते रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
762SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?