National life

सूर्योदय वोमी लघुवित्तको बोनस शेयर पाउन कर बुझाउनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असोज २०८१, शुक्रबार
758Shares
सूर्योदय वोमी लघुवित्तको बोनस शेयर पाउन कर बुझाउनुपर्ने
ncell

काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर वापत्को कर बुझाउन शेयर धनीहरूलाई आग्रह गरेको छ।

कम्पनीले शुक्रवार सूचना जारी गर्दै गत साउन ३२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव ००५१४३ प्रतिशत बोनस शेयर वापत्को कर भुक्तानीका लागि सम्पूर्ण शेयर धनीहरूलाई आग्रह गरेको हो।

सम्बन्धित शेयर धनीहरूले कर बापतको रकम कुमारी बैंकमा कम्पनीको नाममा रहेको खाता नम्बर १२९००९८४०७२०००६५ मा जम्मा गर्न कम्पनीले निर्देशन दिएको छ ।

कम्पनीको एफपीओ बाँडफाँटमा प्राप्त गर्ने शेयर धनीहरूले समेत यो बोनस शेयर प्राप्त गर्ने भएकाले कर वापत्को रकम सम्बन्धित शेयर धनीहरूले समेत तिर्नुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस कम्पनीले साउन ४ देखि ८ गतेसम्म प्रतिशेयर १०० रुपैयाँमै एफपीओ निष्कासन गरी साउन १७ गते बाँडफाँट गरेको हो ।

एफपीओ बाँडफाँटपछि कायम चुक्तापूँजी ९१ करोड ५४ लाख ५५ हजार रुपैयाँको आधारमा १४ दशमलव ००५१४३ प्रतिशत बोनस शेयर कम्पनीले वितरण गर्न लागेको हो । कम्पनीले उक्त बोनस वापत्को शेयर दोस्रो बजारमा सूचीकृत हुन बाँकी छ।

यो समाचार शेयर गर्नुहोस्
758SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?