National life

सृजनशील लघुवित्तले बोलायो वार्षिक साधारण सभा यस्तो छन् एजेन्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ साउन २०८१, मङ्गलबार
609Shares
सृजनशील लघुवित्तले बोलायो वार्षिक साधारण सभा यस्तो छन् एजेन्डा
ncell

काठमाण्डौ। श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले पाचौं वार्षिक साधारण सभा बोलाएको छ ।

बैठकले साउन ३२ गते शुक्रबारका दिन महोत्तरीको बर्दिवासमा विनायक होटलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा अन्य कुनै वित्तीय संस्थासँग एकआपसमा गाभ्ने-गाभिने तथा मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनुका साथै कुनै विषयमा थप संशोधन गर्न वा परिवर्तन गर्न नियमनकारी निकायबाट निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समिीतलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ ।

Royal Enfield
nic asia capital

यसैगरी सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
609SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?