National life

सेबोन अध्यक्ष श्रेष्ठले गरे पदभार, एभरेस्ट बैंकको बोनस सेयर दर्ता फाइलमा हस्ताक्षर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ मंसिर २०८१, बुधबार
703Shares
सेबोन अध्यक्ष श्रेष्ठले गरे पदभार, एभरेस्ट बैंकको बोनस सेयर दर्ता फाइलमा हस्ताक्षर
ncell

काठमाडौँ । करिब एक वर्षसम्म नेतृत्वविहीन बनेको नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आज (बुधबार) पदभार ग्रहण गरेका छन्। नवनियुक्त अध्यक्ष श्रेष्ठले मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । भने आजदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

पदभार ग्रहणका क्रममा अध्यक्ष श्रेष्ठले हालसम्म सेबोन भाडाको घरमा रहेको स्मरण गर्दै आफ्नो कार्यकालमा सेबोनलाई आफ्नै भवनमा सार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस्तै उनले पुँजी बजार विकासका लागि दिनरात नभनेर लागिपर्ने संकल्प पनि गरेका छन् । नेतृत्व अभावमा धेरै काम थाँती छन्, उनले भने, ती काम पूरा गर्ने छु। यस्तै पुँजी बजारको दायरा विस्तार गर्दै लगानीकर्ताका पक्षमा काम गर्छु

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पदभार ग्रहण गरेपछि उनले पहिलो कामका रूपमा एभरेस्ट बैंकको बोनस सेयर दर्ता गर्ने फाइलमा हस्ताक्षर गरेका छन् । बोर्डमा यति बेला ७७ कम्पनी आईपीओ निष्कासनको पाइप लाइनमा छन् । तीमध्ये धेरै कम्पनी हाइड्रोपावर सेक्टरका छन्। यसअघि लेखा समितिले ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ जारी नगराउन भन्दै बोर्डलाई गरेको पत्रपछि काम रोकिएको बोर्डले उल्लेख गर्दै आएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
703SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?