National life

सेयरधनीको हात खाली बनाउने यी दुई कम्पनीको साधारणसभा कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ पुस २०८०, सोमबार
894Shares
सेयरधनीको हात खाली बनाउने यी दुई कम्पनीको साधारणसभा कहिले ?
ncell

काठमाडौं । यस पटक दोल्ती पावर कम्पनी लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ। यी दुबै हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७९–८० बाट सेयरधनीलाई कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने भएका हुन् ।

दुबै कम्पनीको पुस १२ गते बिहीबार सम्पन्न भएको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै साधारण सभा डाकेका छन् । दोल्ती पावरले माघ ५ गते शुक्रबार बिहान ९ बजे तेस्रो तथा भूगोल इनर्जीले माघ ६ गते शनिबार बिहान ९ बजे छैठौं वार्षिक साधारण सभा बोलाएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दुबैको सभा काजिको किचेन पुरानो बानेश्वरमा हुनेछ ।

दोल्ती पावरको सभाले सञ्चालकहरुको निर्वाचन गर्ने, आव २०७९–८० को वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने, सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आव २०७९–८० को वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ । यस्तै सभाले साधारण सभाबाट आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ ।

यसैगरी भूगोल इनर्जीले वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने, सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आव २०७९–८० को वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ । यस्तै सभाले साधारण सभाबाट आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने जनाएको छ । साधारण सभा प्रयोजनार्थ दुबै कम्पनीले पुस २३ गते सोमबार बुकक्लोज गर्ने भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
894SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?