National life

सेयर बजारमा दोहोरो अंकले गिरावट नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ वैशाख २०८१, आइतबार
642Shares
सेयर बजारमा दोहोरो अंकले गिरावट नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार
ncell

काठमाडौं । सातको पहिलो कारोबारका दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आइतबार बजार २४.५८ अंकले घटेर १९७४ को विन्दुमा कायम हुन पुगेको छ ।

आइतबार ३१६ कम्पनीको ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार रुपैयाँको कारोबार भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साताको पहिलो कारोबारको दिन ११ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.१० प्रतिशत, विकास बैंक समूहको २.६५ प्रतिशत, फाइनान्स समूहको २.०३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६८ प्रतिशतले शेयर मूल्य घटेको हो ।

आज नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको १२ करोड ६४ लाख ९९ हजार रुपैया बराबरको कारोबार भएको हो । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको ११ करोड ९० लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै, हिमालयन डिष्टलरी, पोखरा फाइनान्स, आइएमई लाइफ, शाईन शेसङ्गा, आरएसडिसी, फष्ट माईक्रोफाइनान्स, गोखार्ज फाइनान्स, प्राईम कर्मशीयल बैंकको प्रमोटर शेयर सर्वाधिक कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
642SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?