National life

सेयर बजार दोहोरो अंकले घट्यो, किन सुस्ताएको छ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ मंसिर २०८०, बुधबार
578Shares
सेयर बजार दोहोरो अंकले घट्यो, किन सुस्ताएको छ कारोबार ?
ncell

काठमाडौँ : सेयर बजारले बुधवार पनि दबाबकै सामना गरेको छ। आज नेप्से सूचक १७.९३ विन्दुले घटेर १८७६.६० अंकमा आएर अडिएको छ ।

सूचीकृत अन्यबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पछिल्ला दिनहरुमा केही बढ्ने संकेत देखाएको नेप्से पुनः बिच्किएको छ । आज १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आइतबार झन्डै ४८ अंकले बढेपछि सोमबारदेखि बेच्नका लागि ट्रेडरहरु हाबी भएका थिए । तर यो ट्रेन्डमा बुधवार पनि कुनै परिवर्तन हुन सकेन । यस दिनसमेत नेप्से घट्ने क्रमले नै निरन्तरता पाएको छ । सेयर बजारका लागि आवश्यक पक्षहरुमा सुधार हुँदै गएको छ ।

यद्यपि, आम लगानीकर्ताको मनोबल भने अझै दह्रो बन्न सकेको छैन । विशेष गरी मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा अनावश्यक विलम्ब गरिएको छ । यसले पनि आम लगानीकर्ताको मनोबल कमजोर भएको अनुमान गरिएको छ ।

लगानीकर्ताहरू यतिबेला दुविधामा परेका छन् । यता, एनसेलमा ८० प्रतिशत सेयर स्वामितत्व रहेको विदेशी लगानीकर्ता आजियाटा बाहिरिने घोषणा गरेको छ । यसले पनि विदेशी लगानीकर्तामा नराम्रो सन्देश प्रवाह भएको छ ।

यस्तै, बुधवार कारोबारको सुरुवातमै नेप्सेमा गडबडी उत्पन्न भयो । प्रि ओपन सेसनमा कारोबार नै हुन सकेन । त्यसपछि पनि नियमित समयभन्दा २४ मिनेटपछि मात्र बजार खुल्यो । यसले प्रविधिमा पनि आशङ्का उत्पन्न भएको छ ।

लगानीकर्ताको मनोभावना कमजोर हुनासाथ त्यसको असर सूचकमा देखिन्छ । यता, केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामा विलम्ब गरिरहेको छ । अर्थतन्त्र सुधार हुने गरी मौद्रिक नीति समीक्षा सार्वजनिक गर्न अर्थमन्त्री तथा प्रधानमन्त्रीले अप्रत्यक्षरुपमा दबाब दिएका छन् ।

सेयर बजारका लगानीकर्ताहरूले भने पछिल्लो समय बजारले राम्रो वृद्धि समाउन नसकेपछि थोरै नाफा हुने बित्तिकै सेयर बेचिहाल्ने गरेका छन् ।  लाभांशको सिजन पनि चलिरहेको छ । अहिले सेयरधनी बन्नेले निकै छोटो समयमा लाभांश हात पार्न सक्नेछन् ।

यस दिन २८५ कम्पनीको करिब ३३ लाख ५९ हजार कित्ता सेयर कारोबार भएको छ । ६ करोड २८ लाख रुपैयाँसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंकको डिबेन्चर र सिटिजन लाइफ इन्सुरेन्स परेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
578SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?