National life
cg eloctronics

सोनापुर मिनरल्सको घाटामा सुधार, तीन महिनामा  ३४ करोड बढीको आम्दानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ कात्तिक २०८१, बिहिबार
846Shares
सोनापुर मिनरल्सको घाटामा सुधार, तीन महिनामा  ३४ करोड बढीको आम्दानी
muktinatha bikash bank

काठमाडौँ। सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको घाटामा सुधार आएको छ।

सार्वजनिक विवरण अनुसार कम्पनी घाटामा ८१.७७ ले सुधार आएको छ ।  कम्पनी पहिलो त्रैमाससम्म ८ करोड ५५ लाख रुपैयाँ घाटामा रहेको छ। अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको घाटा ४६ करोड ९२ लाख रुपैयाँ थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनी यो अवधिसम्म ३४ करोड ३० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७९.०८ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले १ अर्ब ६३ करोड रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले १ लाख ४७ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ ।

everest bank

कम्पनीको बिक्री तथा वितरण खर्च ४३ लाख ७० हजार रुपैयाँ,ह्रास कट्टी खर्च २ करोड ५ लाख र प्रशासनिक खर्च २ करोड ९८ लाख रुपैयाँ रहेको छ । कम्पनीको सञ्चालन मुनाफा २ करोड ८२ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको रिजर्भको आकार २० करोड ५४ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीले सेक्युरिटी प्रिमियममा १ अर्ब ६५ करोड रुपैयाँ सञ्चित गरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.१३ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १६०.४५,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४००.२५ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
846SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?