National life

सोनापुर मिनरल्सले प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्दै, कहिलेदेखि दिन सकिन्छ आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ साउन २०८०, सोमबार
557Shares
सोनापुर मिनरल्सले प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्दै, कहिलेदेखि दिन सकिन्छ आवेदन ?
ncell

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले साउन २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हाे ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गर्ने भएको हो ।

जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २ सय कित्ता सेयर बिक्री गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसमध्ये उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीयलाई अंकित मूल्य १ सय रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता बिक्री गर्नेछ ।

त्यस्तै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० लाख ७६ हजार २६८ कित्ता सेयर श्रम स्वीकृती प्राप्त लिई विदेशमा रोजगार गरिरहेका नेपालीलाई अंकित मूल्य १ सय रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा बिक्री गर्नेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयले अधिकतम १५ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १० लाख ७६ हजार २६८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा भदौ ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?