काठमाण्डौ । स्थापना कालदेखि नै विदेशी सीईओ नियुक्त गर्दै आएको स्ट्याण्डर्ड चाटर्ड बैंकले पहिलोपटक नेपाली व्यक्तिलाई सीईओको जिम्मेवारी प्रदान गरेको छ । बैंकको पहिलो नेपाली सीईओको रुपमा गोरख राणा नियुक्त भएका छन् ।
स्ट्याण्डर्ड चाटर्ड बैंकमा कार्यरत कर्मचारीहरु अन्य बैंकको सीईओ भएतापनि बैंकले आफ्नै कर्मचारीलाई भने अहिलेसम्म सीईओको जिम्मेवारी दिएको थिएन ।
राणालाई सन् २०२२ जनवरी १ मा बैंकको डेप्युटी सीईओको जिम्मेवारी दिइएको थियो ।
उनी सन् १९९४ देखि स्ट्याण्डर्ड चाटर्ड बैंकमा कार्यरत छन् । यसबीचमा उनले बैंकको विभिन्न विभागमा रहेर जिम्मेवारी पुरा गर्दै आएका छन् ।
राणाले हालका सीईओ अनिर्भान घोष दास्तिदारको कार्यकाल समाप्त भएपछि पदभार ग्रहण गर्नेछन् । उनले सम्भवतस् सन् २०२५ जनवरीदेखि बैंकको सीईओका जिम्मेवारी सम्हाल्ने छन् ।


































