National life

‘स्वदेशी उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी’: बालेन

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१२ फागुन २०८२, मङ्गलबार
1.5kShares
‘स्वदेशी उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी’: बालेन
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशभित्रकै स्रोत र सम्भावनालाई पूर्ण रूपमा उपयोग गरी उत्पादन वृद्धि गरेर नागरिकलाई स्वदेशमै उत्पादन भएको खाद्यान्न उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको बताएका छन्।

मंगलबार सुनसरीको इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले दैनिक उपभोगका वस्तुहरूमा समेत आयातमा निर्भर रहनु परेको अवस्थाप्रति प्रश्न उठाए।

बालेनले प्रश्न गर्दै भने, ‘चिया पिउनुभयो ? चिया कुन ठाउँको पिउनुभयो ? इलाम दमकको चिया। खाना खानुभयो ? बिहान खानाका तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको खानुभयो ? हाम्रै पूर्वी पहाडको तरकारी यही मुनि झापा, सुनसरी विराटनगरमा खान पाइएको छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो दुखको कुरा हो, यो दुखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।’

तेह्रथुम र पाँचथरमा प्रशस्त तरकारी उत्पादन हुँदाहुँदै पनि झापा, सुनसरी र विराटनगरका बासिन्दाले ती उत्पादन उपभोग गर्न नपाइरहेको उनले उल्लेख गरे। यस्तो अवस्थाको अन्त्य गर्दै स्थानीय उत्पादनलाई स्थानीय बजारमै पुर्‍याउने वातावरण बनाउनु आवश्यक रहेको उनको धारणा थियो।

पूर्वी तराईका केही जिल्लामा पर्याप्त धान उत्पादनको सम्भावना रहेको बताउँदै उनले ती सम्भावनालाई पूर्ण उपयोग गर्न सके देशभर खाद्यान्न आपूर्ति गर्न सकिने जिकिर गरे। रास्वपाले यही उद्देश्यसहित कृषि उत्पादन र वितरण प्रणाली सुधारमा जोड दिने उनले बताए।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?