National life

स्वदेशी दुग्धजन्य पदार्थ प्रयोग गर्न उपभोक्तालाई डीडीसीको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ फागुन २०८०, बुधबार
1.2kShares
स्वदेशी दुग्धजन्य पदार्थ प्रयोग गर्न उपभोक्तालाई डीडीसीको आग्रह
ncell

काठमाडौं। कृषकले बिक्री गरेको दुधको पैसा समयमा नै नपाएको भन्दै आन्दोलन भइरहेको समयमा दुग्ध विकास संस्थान (डीडीसी)ले उपभोक्तालाई स्वदेशी दुग्धजन्य पदार्थहरुको खपत बढाउन आग्रह गरेको छ ।

देशको आर्थिक गतिविधिमा आएको मन्दी तथा उपभोक्ताको क्रयशक्तिमा देखिएको समस्याको कारण बजार खपतमा गिरावट आउँदा दैनिक रुपमा संकलन हुने कच्चा दुधलाई कन्भर्सन गरी मौज्दात राख्नु परिरहेकाले एक अर्ब रुपैयाँभन्दा बढी पुँजी ब्लक रहेको डीडीसीको भनाई छ ।

उक्तल पुँजी ब्लक हुँदा नगद चक्र बिथोलिएका कारण किसानको पैसा दिन नसकेको डीडीसीले जनाएको छ । डीडीसीले दुध संकलन कार्यलाई नियमित राखेको भए पनि देश सञ्चालित धुलो दुध कारखानाहरु पूर्णरुपमा सञ्चालन नभएको, ठूलो मात्रामा धुलो दुध तथा मखनको मौज्दात रहन जाँदा असन्तुलन भइ अवस्था असहज भएको डीडीसीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कृषकको बक्यौता रकम भुक्तानी सहजीरकण गर्न संस्थानमा रहेको धुलो दुध र मखनको मौज्दात आधारमा सहुलियत ऋणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा अनुरोध भै प्रकृया अगाडि बढेको डीडीसीको जानकारी छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?