काठमाडौँ । हरितालिका तीजको दिन नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लगातार तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य आज प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य ०.८४ प्रतिशत अर्थात प्रतिऔंस २०.८७ डलरले बढेको हो । यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५१६.९१ डलर कायम भएको छ ।


































