National life

हिमालयन रिको आइपिओ नेप्सेमा सूचीकृत, सोमबारदेखि कारोबार हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ पुस २०८०, आइतबार
655Shares
हिमालयन रिको आइपिओ नेप्सेमा सूचीकृत, सोमबारदेखि कारोबार हुने
ncell

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको ३ करोड (३० प्रतिशत) तथा संस्थापक शेयरधनीले लगानी गरेको ७ करोड (७० प्रतिशत) शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । आज पुस २२ गतेका दिन नेप्से र हिमालयन रिबीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सूचीकृत भएको दोस्रो दिनवाट यस स्टक एक्सचेञ्ज लिमिटेडमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार शुरु हुनेछ ।

प्रस्तुत कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला, महाराजगंज रहेको र सूचीकरण पश्चात् दिनुपर्ने आरटीएस सेवा एनएमबि क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट हुने कम्पनीले जनाएको छ ।

नेप्सेले हिमालयन रिलाई एचआरएल कारोबार संकेत दिएको छ। कम्पनीले पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १०३.०७ रुपैयाँदेखि अधिकतममा ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको छ। भोलि स्पेसल प्रिओपन सेसनमा कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र कारोबार भएको खण्डमा यो नियमित सत्रका लागि कारोबारमा आउनेछ।

यो समाचार शेयर गर्नुहोस्
655SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?