काठमाडौँ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा हिमालयन लाइफ इन्सुरेन्सले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही समयावधिको तुलनामा ७.९९ प्रतिशतले थोरै हो।
गत वर्ष यसले ४७ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको इन्सुरेन्सको नाफामा गिरावट आएको हो ।
यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने १४.१० प्रतिशतले बढेर ४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।
कुल आम्दानी १०.१४ प्रतिशतले बढेर १६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । यद्यपि, खर्च वृद्धिको अनुपात झन् धेरै भएपछि नाफामा केही कमी आएको हो । कुल खर्च १०.७३ प्रतिशतले बढेर १६ अर्ब २६ करोड पुगेको छ ।
हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी पनि ०.९३ रुपैयाँले घटेर ७.२४ रुपैयाँ कायम भएको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १२४.२५ रुपैयाँ रहेको छ ।

































