National life

१ हजार युवालाई स्टार्टअप बिजनेस कर्जा दिने सरकारको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ जेठ २०८१, मङ्गलबार
532Shares
१ हजार युवालाई स्टार्टअप बिजनेस कर्जा दिने सरकारको घोषणा
ncell

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष आव २०८१।८२ मा १ हजार युवालाई स्टार्टअप बिजनेस सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको हो ।

आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका छन् । नवप्रवर्तन गर्न प्राज्ञिक क्षेत्र र निजी क्षेत्रसँग सहकार्य गरिने समेत उनले बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सातवटै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापना गरी यसको प्रवर्द्धन गरिने समेत उनले घोषणा गरेका हुन्। वैदेशिक रोजगारीबाट फर्केका युवाको उद्यमशीलता विकास गर्ने समेत उनले जानकारी दिए।

उनले आगामी आवमा १ हजार साना उद्यमीलाई सरकारले सहयोग गर्ने घोषणा गरे । रैथाने तथा परम्परागत सिप प्रवर्द्धन गर्नेसमेत राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
532SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?