National life

४ लाख १२ हजार रुपैयाँ घुस रकमसहित दुई जना कृषि प्राविधिक रंगेहात पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ साउन २०८१, मङ्गलबार
684Shares
४ लाख १२ हजार रुपैयाँ घुस रकमसहित दुई जना कृषि प्राविधिक रंगेहात पक्राउ
ncell

काठमाडौँ ।  ४ लाख १२ हजार रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनालाई रंगेहात पक्राउ गरेको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई अख्तियारको टोलीले सोमबार पक्राउ गरेको जनाएको छ ।

धामीद्वयले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बोराडाडीबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका उनीहरूको साथबाट ५० लाख ६० हजार रुपैयाँको चेकसमेत बरामद गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
धामीद्वयको साथबाट पैँतालीस लाख साठी हजारको ५ थान चेक चेक बरामद भएको छ । यस्तै अशोक सिंह धामीको नाममा काटिएको पाँच लाख ९२ लाख ५० हजारको दुई वटा० को चेकसमेत गरी कुल ५० लाख ६० हजारको चेक बरामद भएको अख्तियारले जनाएको छ । हाल उनीहरु माथि अनुसन्धान भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
684SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?