National life

७० करोड बढी दूधको भुक्तानी नपाएको किसानको गुनासो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ जेठ २०८१, बुधबार
666Shares
७० करोड बढी दूधको भुक्तानी नपाएको किसानको गुनासो
ncell

काठमाडौँ ।  जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गर्दै आएका छन् । किसानहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ । एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन गरिएको दूध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सुजल डेरी पोखराले कात्तिकको  भुक्तानी गर्न बाँकी छ।

दुग्ध विकास संस्थानको मङ्सिरयताको रु २२ करोड बाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन् । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ।

यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ । जिल्लामा पाँच सय हाराहारी पशुपालन फार्म छन् । यहाँ एक लाख गाई र ६० हजारभन्दा बढी भैँसी पालेर दूध उत्पादन हुँदै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
666SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?