National life

दुग्ध किसानले आजदेखि क्रमबद्ध रूपमा आन्दोलन गर्ने घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ फागुन २०८०, आइतबार
914Shares
दुग्ध किसानले आजदेखि क्रमबद्ध रूपमा आन्दोलन गर्ने घोषणा
ncell

काठमाडौँ । आफ्ना समस्याप्रति सरकारले बेवास्ता गरेको भन्दै दुग्ध उत्पादक किसानले आजबाट क्रमबद्ध रुपमा आन्दोलनको घोषणा गरेको छ ।

फरक फरक सङ्घसंस्थाका दुग्ध उत्पादक किसानले सरकार समक्ष १६ बुँदे माग राख्दै क्रमबद्ध रुपमा आन्दोलन गर्ने घोषणा गरेका छन् । आज राजनीतिक दलका शीर्ष नेताहरूसमक्ष माग पत्र बुझाउने कार्यक्रम रहेको अखिल नेपाल किसान महासङ्घका उपसचिव सरिता भुसालले जानकारी दिएका छन् ।

सोमबार आफ्नो मागहरूका बारेमा संघीय संसद् कोष, सहकारी तथा समितिसँग छलफल गर्ने, फागुन १४ र १५ गते ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा १२ बजेसम्म नारा जुलुससहित धर्ना दिने र ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको भुसालले जानकारी दिएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

फागुन १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म मुख्य रूपमा चक्काजाम गर्ने, फागुन १६ गते दुग्ध किसानका मागहरू प्रतिनिधि सभा र राष्ट्रियसभाका सदस्यहरूलाई बुझाउने कार्य तालिका बनेको उनको भनाई छ ।

यस्तै, फागुन २१ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गरी माग पूरा नभएसम्म निरन्तर जारी रहने उनको भनाइ छ । पछिल्लो समय करिब ५ महिनाको करिब ६ अर्ब रकम भुक्तानी पाउन नसकेको उनीहरूले दाबी गरेका छन् ।

यस्तै, बिक्री नभएको दूधलाई पाउडर बनाइ देशलाई मिल्क होलिडे हुनबाट रोक्न, खोरेँत रोग मुक्त घोषणा गरी दूध तथा दुग्धजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरण मिलाउन लगायत १६ बुँदे उनीहरूले माग गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
914SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?