National life

बिमा कम्पनीहरूमा ९ अर्ब ५४ करोड बढीको दाबी, ३० करोड ३६ लाख बढी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ कात्तिक २०८१, शुक्रबार
1KShares
बिमा कम्पनीहरूमा ९ अर्ब ५४ करोड बढीको दाबी, ३० करोड ३६ लाख बढी भुक्तानी
ncell

काठमाडौँ। गत असोज महिनाको १० र ११ गते परेको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोका र त्यसले पुर्‍याएको क्षतिबाट बिमा कम्पनीहरूमा ९ अर्ब ५४ करोड ६१ लाख ८२ हजार ६३५ रुपैयाँ बराबरको दाबी परेको छ।

उक्त बाढी पहिरोको कारण भएको क्षतिबाट १८ वटा बिमा कम्पनीमा ३३०६ वटा दाबी परेको बिमा प्राधिकरणका उपनिर्देशक पुनम ज्ञवाली श्रेष्ठले जानकारी दिएकी छिन् । श्रेष्ठका अनुसार २६१ वटा दाबीमा ३० करोड ३६ लाख ५४ हजार ५६२ रुपैयाँ भुक्तानी भइसकेको छ । प्राधिकरणका अनुसार कात्तिक ६ गतेसम्म ११ बिमा कम्पनीको उक्त रकम बराबरको दाबी भुक्तानी भएको हो । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भने बाँकी ७ वटा कम्पनीले बिमा दाबी भुक्तानी गर्न सकेका छैनन् ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २ अर्ब ६ करोड ५९ लाख ८४ हजार ५६९ रुपैयाँ दाबी परेकोमा ४ करोड १७ लाख ८१ हजार ८५१ रुपैयाँ भुक्तानी भएको छ । बाँकी रकम भुक्तानी हुन बाकी देखिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै सबैभन्दा कम दाबी परेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६ वटा माग दाबीबाट २ लाख ४० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । त्यस्तै, दि ओरियन्टल इन्स्योरेन्समा १७२ वटा माग दाबीको १ अर्ब ४५ करोड ६९ लाख १६ हजार रुपैयाँ दाबी परेको प्राधिकरणले जानकारी दिएको छ । जसमा ६ वटाको ३ लाख ९४ हजार ४५७ रुपैयाँ मात्रै भुक्तानी भएको छ ।

त्यस्तै, क्रमशः शिखर इन्स्योरेन्समा ९८ करोड ८१ लाख ४७ हजार ५४९ रुपैयाँको दाबी परेकोमा २१ करोड ५० लाख ४२ हजार ४४० रुपैयाँको भुक्तानी गरिएको छ ।  नेको इन्स्योरेन्समा ९८ करोड २२ लाख २५ हजार ९३४ रुपैयाँको दाबी परेकोमा २ लाख १९ हजार २६९ रुपैयाँ भुक्तानी भएको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्समा ९७ करोड ३४ लाख ४५ हजार ५८६ रुपैयाँ माग दाबी परेकोमा कम्पनीले १ करोड ५५ लाख ३३ हजार ४५८ रुपैयाँ भुक्तानी गरेको छ ।

प्राधिकरणका अनुसार आईजिआई प्रुडेन्सियल इन्स्योरेन्समा ३६ करोड ७९ लाख ४५ हजार ८५० रुपैयाँको मागदाबी परेकोमा ३२ लाख ४ हजार २५८ रुपैयाँ भुक्तानी भएको छ । नेपाल इन्स्योरेन्समा ३६ करोड २३ लाख ३२ हजार ३९ रुपैयाँको दाबी परेकोमा अहिलेसम्म कुनै पनि दाबी भुक्तानी भएको छैन ।

सानिमा जिआईसीमा २५ करोड ९३ लाख ९६ हजार ६७७ रुपैयाँको माग दाबी परेको मध्येमा १ करोड ३२ लाख १६ हजार ५९४ रुपैयाँ भुक्तानी भएको छ । राष्ट्रिय बिमा कम्पनीमा २० करोड ६७ लाख रुपैयाँको माग दाबी परेकोमा भने हालसम्म कुनैपनि भुक्तानी  हुन सकेको छैन । युनाइटेड अजोडमा १२ करोड ५४ लाख ४० हजार रुपैयाँ माग दाबी परेकोमा ४२ हजार ५० रुपैयाँ भुक्तानी भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६६ करोड ८१ लाख ४७ हजार ७११ रुपैयाँ माग दाबी परेको छ । जसमा १ करोड १९ लाख ५४ हजार ५७५ रुपैयाँ भुक्तानी भएको छ ।

त्यस्तैगरी, नेशनल इन्स्योरेन्समा ५६ करोड ४८ लाख ९७ हजार २९६ रुपैयाँ माग दाबी परेकामा २२ लाख ५३ हजार ८९९ रुपैयाँ दाबी भुक्तानी भएको छ। एनएलजी इन्स्योरेन्समा ४६ करोड ५० लाख ५ हजार ५६९ रुपैयाँको माग दाबी परेकोमा कुनैपनी दाबी भुक्तानी गर्न सकेको छैन। यसगरी, प्रभु इन्स्योरेन्समा ५ करोड ३४ लाख ७२ हजार ९०० रुपैयाँको माग दाबी परेको छ । जसमध्ये प्रभुले ११ हजार ६९१ रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

प्राधिकरणले दिएको जानकारी अनुसार स्टार माइक्रो इन्स्योरेन्स ३५ लाख १५ हजार, ट्रस्ट माइक्रो इन्स्योरेन्समा १५ लाख २० हजार, नेपाल माइक्रो इन्स्योरेन्समा ८ लाख ५० हजार रुपैयाँको माग दाबी परेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?