National life

बाढी पहिरोका कारण थपियो ३ अर्ब २६ करोडको बीमा दाबी,कुन कम्पनीमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|३१ असोज २०८२, शुक्रबार
1.5kShares
बाढी पहिरोका कारण थपियो ३ अर्ब २६ करोडको बीमा दाबी,कुन कम्पनीमा कति ?
ncell

नेपाल बीमा प्राधिकरणका अनुसार गत असोज १८ गतेदेखि अविरल वर्षा तथा बाढी पहिरोका कारणले भएको क्षतिबाट बीमा कम्पनीहरुमा ३ अर्ब २६ करोड ७६ लाख रुपैयाँबराबरको बीमा दाबी परेको छ ।

यसअघि जेनजी आन्दोलनको क्षतिबाट बीमा कम्पनीहरुमा २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबरको बीमा दाबीको दायित्व कायमै रहेकोमा ३ अर्ब २६ करोड दायित्व थपिएको हो ।

प्राधिकरणका अनुसार १५ निर्जीवन बीमा कम्पनीमा हालसम्म ७०४ वटा दाबी अर्थात् ३ अर्ब २६ करोड रुपैयाँ बराबरको दाबी परेको छ । जसमा सबैभन्दा बढी सम्पत्ति बीमामा ३६४ वटा बीमाको २ अर्ब ७० करोड ६९ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।

त्यस्तै, ८७ वटा बीमाको ४८ करोड ४ लाख रुपैयाँ बराबरको इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिम बीमाको दाबी, २०९ वटा बराबरको ४ करोड ३२ लाख रुपैयाँको कृषि त था बालि बीमा, ३३ वटा बीमाको २ करोड ५२ लाख रुपैयाँ बराबरको मोटर बीमा ९निजी०को दाबी परेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसका साथै सार्वजनिकतर्फको मोटर बीमामा ९ वटा बीमा बराबरको १ करोड ५ लाख रुपैयाँ दाबी र अन्य बीमामा २ वटा बीमाको १२ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?