National life

४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएपछि काठमाडौंमा वैकल्पिक ग्रिडको तयारी

रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएपछि सरकारले वैकल्पिक विद्युत् व्यवस्थापनको गृहकार्य अघि बढाएको छ।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१४ असोज २०८३, बुधबार
367Shares
४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएपछि काठमाडौंमा वैकल्पिक ग्रिडको तयारी
ncell

काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएपछि सरकारले वैकल्पिक विद्युत् व्यवस्थापनको गृहकार्य अघि बढाएको छ।

बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौँको बालाजु र चपली क्षेत्रमा आउने विद्युत् अवरुद्ध भएपछि ती क्षेत्रमा पर्ने प्रसारण लाइनमा चाप बढेको छ। यही अवस्थालाई ध्यानमा राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक आपूर्ति प्रणाली विकास गर्ने तयारी थालेको हो।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विद्युत् व्यवस्थापनका लागि ‘टास्क फोर्स’ बनाएर काम गरिरहेको छ। उनका अनुसार आगामी हिउँदमा विद्युत्को माग व्यवस्थापन गर्न वैकल्पिक आपूर्ति प्रणाली विकास गर्ने विषयमा मन्त्रालयले आवश्यक गृहकार्य अघि बढाएको छ।

Royal Enfield
nic asia capital

यसैक्रममा मन्त्रालयले मङ्गलबार सडक विभाग र काठमाडौँ महानगरपालिकासँग थप भूमिगत विद्युत् ग्रिड निर्माण तथा विद्यमान भूमिगत प्रणालीलाई थप विश्वसनीय बनाउने विषयमा छलफल गरेको छ।

प्रवक्ता शाक्यका अनुसार केही स्थानमा भूमिगत वैकल्पिक विद्युत् ग्रिडको विश्वसनीयता बढाउने तथा थप भूमिगत ग्रिड निर्माणका लागि सडक विभाग र काठमाडौँ महानगरपालिकासँग निश्चित कार्यतालिकासहित सहकार्य गर्ने विषयमा छलफल भएको हो। हिउँदमा विद्युत्को माग बढ्ने भएकाले त्यसलाई व्यवस्थापन गर्न पूर्वतयारीलाई तीव्रता दिइएको उनले बताए।

छलफलमा सडक विभागका काठमाडौँ डिभिजन प्रमुख सुवोध देवकोटाले भूमिगत ग्रिड निर्माणका लागि विभागका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए। काठमाडौँ महानगरपालिकाका सार्वजनिक निर्माण विभाग प्रमुख सुरेशकुमार राईले फुटपाथभित्र भूमिगत तार व्यवस्थापन गर्दै आवश्यक सहकार्य गर्ने बताए।

नेपाल विद्युत् प्राधिकरणका आयोजना निर्देशनालयका प्रमुख दुर्गानन्द बडियातले काठमाडौँ उपत्यकामा भइरहेको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै वितरण तथा ग्राहक सेवा निर्देशनालयको हिउँदे माग व्यवस्थापनको आवश्यकताअनुसार सघन सहकार्य गर्ने बताए।

छलफलमा काठमाडौँको विद्युत् लोड व्यवस्थापन तथा आवश्यक कार्यका विषयमा बागमती वितरण तथा ग्राहक निर्देशनालयका प्रमुख मुनिन्द्र ठाकुरले प्रस्तुतीकरण गर्नुभएको थियो। उनले प्राधिकरणले ‘टास्क फोर्स’ गठन गरेर हिउँदे विद्युत् माग व्यवस्थापनको काम अघि बढाइरहेको जानकारी दिए।

प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले काठमाडौँको हिउँदे माग व्यवस्थापनका लागि सबै सम्बन्धित निकायबीच उच्चस्तरीय सहकार्य र सहयोग आवश्यक रहेको बताए। हिउँदमा विद्युत्‌मा पर्ने चापलाई सहज ढङ्गले व्यवस्थापन गर्न मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको उनले जानकारी दिए।

यो समाचार शेयर गर्नुहोस्
367SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?