National life

‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित ३२औँ कार्गो दिवस हुँदै

कार्गो दिवस २०२६: निजी–सरकारी सहकार्यको साझा मञ्च

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|११ साउन २०८३, सोमबार
1.1kShares
‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित ३२औँ कार्गो दिवस हुँदै
ncell

काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२ औँ कार्गो दिवस २०२६ आगामी साउन १३ गते (जुलाई २९) काठमाडौंस्थित द सोल्टी काठमाडौंमा आयोजना गर्ने भएको छ ।

‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुने नेफाले जनाएको छ ।

साेमबार आयोजित पत्रकार सम्मेलनमा नेफाका वरिष्ठ उपाध्यक्ष तथा ३२औँ कार्गो दिवसका संयोजक नरेशकुमार अग्रवालले कार्गो दिवस नेपालमा लजिस्टिक्स तथा फ्रेट फरवार्डिङ क्षेत्रका सरोकारवालाबीच संवाद, सहकार्य र नीति सुधारका लागि महत्वपूर्ण मञ्चका रूपमा स्थापित भइसकेको बताए ।

उनले सरकार, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संस्था, आयातकर्ता–निर्यातकर्ता, उत्पादनमूलक उद्योग, बैंक तथा बीमा क्षेत्र, एयरलाइन्स, सिपिङ लाइन तथा अन्य सरोकारवालाबीच व्यापार सहजीकरण, आधुनिक प्रविधिको प्रयोग, पूर्वाधार विकास तथा लजिस्टिक्स क्षेत्रका चुनौती र सम्भावनाबारे व्यापक छलफल हुने जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेफाले हरेक वर्ष जुलाई २९ लाई कार्गो दिवसका रूपमा मनाउँदै आएको छ । यस वर्षको कार्यक्रममा कतार एयरवेज कार्गो र थाइ एयरवेज कार्गो प्लाटिनम प्रायोजक रहेका छन् भने अन्य विभिन्न एयरलाइन्स, बन्दरगाह, सिपिङ लाइन तथा व्यावसायिक संस्थाहरूको समेत सहयोग रहनेछ ।

कार्यक्रमका अवसरमा फ्रेट फरवार्डिङ तथा लजिस्टिक्स क्षेत्रको विकास, विस्तार र व्यापार सहजीकरणमा उल्लेखनीय योगदान पु¥याउने संस्था तथा व्यक्तिलाई नेफा एनुअल अवार्ड २०२६ प्रदान गरिनेछ । यसअन्तर्गत नेफा सदस्य, सरकारी तथा गैरसरकारी निकाय, उत्कृष्ट एयरलाइन्स तथा अफलाइन एयरलाइन्सलाई सम्मान गरिनुका साथै लामो समयदेखि यस क्षेत्रमा कार्यरत कर्मचारीलाई सम्मानपत्र प्रदान गरिनेछ।

कार्यक्रममा उद्घाटन सत्र, विशिष्ट अतिथिहरूको सम्बोधन, वार्षिक पुरस्कार वितरण, लजिस्टिक्स तथा व्यापार सहजीकरणसम्बन्धी भिडियो डकुमेन्ट्री प्रस्तुति, सरकारी र निजी क्षेत्रबीच नेटवर्किङ तथा फेलोसिप कार्यक्रम तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहभागीबीच अनुभव आदानप्रदानका सत्रहरू समावेश गरिएका छन्।

नेफाले कार्गो दिवसलाई केवल वार्षिक उत्सवका रूपमा मात्र नभई नेपालको व्यापार, लजिस्टिक्स र आपूर्ति शृङ्खलाको विकासका लागि नीति निर्माता र निजी क्षेत्रबीच सहकार्य तथा संवाद अभिवृद्धि गर्ने प्रभावकारी मञ्चका रूपमा लिएको जनाएको छ।

अन्तर्राष्ट्रिय सहभागितामार्फत नेपालको लजिस्टिक्स क्षेत्रलाई विश्वव्यापी सञ्जालसँग जोड्दै व्यापार सहजीकरण र राष्ट्रिय अर्थतन्त्रलाई थप सुदृढ बनाउन कार्यक्रमले सकारात्मक योगदान पुर्याउने विश्वास नेफाले व्यक्त गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?