National life

हर्मुजबाट हुने ढुवानीमा २० प्रतिशत शुल्क लगाउने निर्णयबाट पछि हटे ट्रम्प

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|३१ असार २०८३, बुधबार
949Shares
हर्मुजबाट हुने ढुवानीमा २० प्रतिशत शुल्क लगाउने निर्णयबाट पछि हटे ट्रम्प
ncell

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्य हुँदै हुने सबै मालवस्तु ढुवानीमा २० प्रतिशत शुल्क लगाउने आफ्नो निर्णय फिर्ता लिएका छन्। उनले उक्त शुल्कको सट्टा खाडी क्षेत्रका राष्ट्रहरूसँग हुने ठूला व्यापार तथा लगानी सम्झौतामार्फत लाभ प्राप्त गरिने बताएका हुन्।

यो घोषणा अमेरिकाले इरानका बन्दरगाहमाथिको नाकाबन्दी पुनः सुरु गर्नुअघि गरिएको हो। अमेरिका र इरानबीच पुनः सैन्य आक्रमणहरू तीव्र बनेसँगै हर्मुज जलडमरूमध्यमा तेलवाहक जहाजहरूको आवागमन करिब ठप्प भएको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अमेरिकी केन्द्रीय सैन्य कमान्डले जलडमरूमध्य क्षेत्रमा व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग गरिएका इरानी क्षमताहरू कमजोर बनाउन थप सैन्य कारबाही सुरु गरिएको जनाएको छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बुशेहरसहित विभिन्न सहरहरूमा विस्फोटका घटना भएका छन्। बुशेहरमा इरानको आणविक विद्युत् केन्द्र रहेको छ।

इरानले यसअघि संयुक्त अरब इमिरेट्सका दुई तेलवाहक जहाजलाई निशाना बनाएपछि बहराइन र जोर्डनस्थित अमेरिकी सैन्य संरचनामाथि aपनि आक्रमण गरेको जनाएको छ।

ट्रम्पले सोमबार अमेरिका अब हर्मुज जलडमरूमध्यको “संरक्षक” बनेको दाबी गर्दै यस मार्गबाट हुने सबै ढुवानीमा २० प्रतिशत शुल्क लगाइने घोषणा गरेका थिए। साथै उनले इरानको अर्थतन्त्रमा थप दबाब सिर्जना गर्न इरानी बन्दरगाहमाथिको समुद्री नाकाबन्दी पुनः लागू गरिने बताएका थिए।

तर पछिल्लो निर्णयमा ट्रम्पले शुल्क हटाएर खाडी राष्ट्रहरूबाट अमेरिकामा हुने ठूलो लगानी तथा व्यापारिक सम्झौतामार्फत लाभ लिइने बताएका छन्। उनले जलडमरूमध्य इरानबाहेक सबै जहाजका लागि खुला रहेको र अमेरिकी सैन्य शक्तिका कारण तेल आपूर्ति सुचारु रहेको दाबी गरेका छन्।

इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले अमेरिकी नाकाबन्दीको निर्णयले यसअघि भएको युद्धविरामसम्बन्धी सहमति कमजोर बनाएको प्रतिक्रिया दिएका छन्।

यसैबीच, जहाज आवागमनसम्बन्धी तथ्याङ्कले जलडमरूमध्यमा यातायात दुई महिनायताकै न्यून स्तरमा झरेको देखाएको छ। विश्वको करिब एक चौथाइ तेल तथा पाँचौं भाग तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
949SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?