National life

स्ट्रेट अफ हर्मोज बन्दको चेतावनीपछि विश्व बजारमा तेल आपूर्तिमा असरको आशंका

इरान–अमेरिका सैन्य तनाव चरममा, मध्यपूर्वमा मिसाइल र हवाई आक्रमणको आरोप

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२८ जेठ २०८३, बिहिबार
1.8kShares
स्ट्रेट अफ हर्मोज बन्दको चेतावनीपछि विश्व बजारमा तेल आपूर्तिमा असरको आशंका
ncell

काठमाडौं । इरान र संयुक्त राज्य अमेरिकाबीचको सैन्य तनाव तीव्र रूपमा बढ्दै गएको छ । इरानी सरकारी सञ्चारमाध्यमले इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्स (IRGC) ले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी जवाफी कारबाही थालेको दाबी गरेको छ । रिपोर्टअनुसार कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य संरचनाहरूमा मिसाइल प्रहार गरिएको उल्लेख छ ।

यसअघि अमेरिकी सेन्ट्रल कमान्ड (CENTCOM) ले ‘आत्मरक्षाको प्रतिक्रिया’ भन्दै इरानभित्रका विभिन्न स्थानहरूमा हवाई आक्रमण गरेको जनाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लक्षित गर्दै थप सैन्य कदम चाल्न सकिने चेतावनीसमेत दिएका थिए ।

इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी लडाकु विमानहरूले बन्दर अब्बास, केशम टापु, सिरिक, मिनाब तथा तेहरान नजिकका कारज क्षेत्रहरूमा आक्रमण गरेका छन् ।

तनाव झनै चर्किँदै गएपछि इरानले विश्वको महत्वपूर्ण व्यापारिक मार्ग ‘स्ट्रेट अफ हर्मोज’ बन्द गर्ने आदेश दिएको खबर आएको छ । यस मार्ग हुँदै हुने तेल तथा व्यावसायिक जहाजको आवतजावत रोकिँदा विश्वव्यापी ऊर्जा आपूर्ति र अर्थतन्त्रमा ठूलो असर पर्न सक्ने अनुमान गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?