National life

२१ घण्टासम्म चलेको इरान-अमेरिका वार्ता निष्कर्ष बिना टुङ्गियो, युद्धको जोखिम कायमै

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२९ चैत २०८२, आइतबार
1.6kShares
२१ घण्टासम्म चलेको इरान-अमेरिका वार्ता निष्कर्ष बिना टुङ्गियो, युद्धको जोखिम कायमै
ncell

काठमाडौँ। पाकिस्तानमा सम्पन्न इरान र अमेरिकाबीचको शान्ति वार्ता बिना निष्कर्ष टुंगिएको छ । २१ घण्टाभन्दा लामो समय चलेको छलफलपछि पनि सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आफ्नो टोलीसहित अमेरिका फर्किएका छन्।

फर्किनुअघि आयोजित पत्रकार सम्मेलनमा भान्सले सम्झौता हुन नसक्नु अमेरिका भन्दा इरानका लागि बढी प्रतिकूल रहेको प्रतिक्रिया दिएका छन् । उनले अमेरिका कुनै सहमति बिना नै वार्ताबाट बाहिरिएको स्पष्ट पारे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनका अनुसार अमेरिकाले राखेका सर्तहरू स्पष्ट भए पनि इरानले तिनलाई स्वीकार गर्न तयार नभएको बताए । विशेषगरी, इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाउनुपर्ने अमेरिकाको मुख्य माग रहेको उनको भनाइ थियो।

वार्ता सफल हुन नसकेपछि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वको अन्त्य कहिले हुन्छ भन्ने अन्योल अझै कायम रहेको छ। हालका लागि दुई साताको युद्धविराम लागू गरिएको छ। यसैबीच, इरानले नियन्त्रणमा राखेको मार्गबाट दुई अमेरिकी युद्धपोत बाहिरिएको जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?