National life

उत्पादन र निर्यातमुखी अर्थतन्त्रतर्फ उद्योग क्षेत्रले नेतृत्व गर्नुपर्ने: अर्थमन्त्री वाग्ले

लगानी सुरक्षित र व्यवसायमैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१२ साउन २०८३, मङ्गलबार
1.1kShares
उत्पादन र निर्यातमुखी अर्थतन्त्रतर्फ उद्योग क्षेत्रले नेतृत्व गर्नुपर्ने: अर्थमन्त्री वाग्ले
ncell

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई आयातमा निर्भर उपभोगमुखी संरचनाबाट उत्पादन र निर्यातमुखी दिशातर्फ रूपान्तरण गर्न उद्योग क्षेत्रले अग्रसर भूमिका खेल्नुपर्ने बताएका छन्।

मंगलबार सिंहदरबारमा उद्यमीहरूसँगको छलफलमा उनले सरकार र निजी क्षेत्रबीच सहकार्यमार्फत लामो समयदेखि खस्किएको औद्योगिक क्षेत्रलाई पुनर्जीवित गर्न आवश्यक रहेको उल्लेख गरे।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको लगानी सुरक्षित हुने, उचित प्रतिफल प्राप्त हुने र पुनः लगानी गर्ने वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले निजी क्षेत्रको प्रगति नै समग्र अर्थतन्त्रको प्रगति हुने धारणा दोहोर्‍याए।

उनका अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएका सुधार कार्यक्रमहरू कार्यान्वयनको चरणमा अघि बढिरहेका छन्। पूँजीगत खर्च वृद्धि, आयोजना कार्यान्वयन तीव्रता, पूँजी बजार सुधार, वित्तीय प्रणाली सुदृढीकरण र लगानीमैत्री वातावरण निर्माणमा सरकार सक्रिय रहेको उनले बताए।

उनीले नेपाललाई लगानी र व्यवसायका लागि आकर्षक गन्तव्य बनाउने लक्ष्यसहित उद्योग, उत्पादन विस्तार र रोजगारी सिर्जनामा निजी क्षेत्रलाई अघि बढ्न आग्रह गरे। साथै, लगानीमा देखिएका अवरोध हटाउँदै दीर्घकालीन आर्थिक विकासतर्फ सहकार्य गर्न उनले जोड दिए।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?